पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी आयोजना : ४ वटा ढोका खोलेर निकालियो डिस्यान्डरको पानी

बिजमाण्डू
२०८१ असोज २० गते १६:११ | Oct 6, 2024
पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी आयोजना : ४ वटा ढोका खोलेर निकालियो डिस्यान्डरको पानी


काठमाडौं। पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बालुवा थिग्ग्राउने पोखरी (डिस्यान्डर)को पानी बाहिर निकालिएको छ।

Tata
GBIME
NLIC

चारवटा ढोका खोलेर डिस्यान्डरको पानी निकालिएको अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए।

असोज १२ गते डिस्यान्डरमा ठूलो ढुंगा खसेपछि आयोजना बन्द हुन पुगेको थियो। गौतमले डिस्यान्डरबाट ढुंगा र लेदो निकाल्न पनि सुरु गरिएको जानकारी दिए। उनका अनुसार डिस्याण्डरका साथै बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुगेको छ ।

दुईवटा डिस्यान्टरमध्ये एउटामा धेरै क्षति भएको छ। डिस्यान्डरको सुरुवाती भागमा ४० मिटर जति क्षति पुगेको छ।

आयोजनामा इलेक्ट्रोमेकानिकलतर्फ करिब ४५ करोड र सिभिल स्ट्रक्चरतर्फ ५० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान छ। क्षति यकीन भएपछि आयोजनालाई विद्युत उत्पादन गर्न कति समय लाग्छ भन्ने आकलन हुनेछ।