एनएमबि बैंकले जलविद्युत र सौर्य ऊर्जामा भित्र्यायो विदेशी प्राविधिक सहयोग, दुई सम्झौतामा हस्ताक्षर



बिजमाण्डू
२०८१ असोज ९ गते २०:२० | Sep 25, 2024
एनएमबि बैंकले जलविद्युत र सौर्य ऊर्जामा भित्र्यायो विदेशी प्राविधिक सहयोग, दुई सम्झौतामा हस्ताक्षर


काठमाडौं। एनएमबि बैंकले दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। देशको सबैभन्दा दिगो बैंक बन्ने रणनीतिक आकांक्षाअनुसार एनएमबिले डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्ट (डीएफसीडी) र डच उद्यमशील विकास बैंक, एफएमओसँग बुधबार सम्झौता गरेको हो।

Vigo
GBIME
Tata

बैंकले सौर्य ऊर्जा र कृषि परियोजनाहरू विकासका लागि प्राविधिक सहयोग भित्राउने उद्देष्यले डीएफसीडीसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरेको जनाएको छ।

यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दिगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि एफएमओसँग सम्झौता गरिएको हो।

बैंकले सौर्य ऊर्जासँग आवद्ध आफ्ना ग्राहकहरूलाई आर्थिकरूपमा मात्र नभई अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकार उपलब्ध गराउने र परियोजनाबाट उत्पादन भएको ऊर्जा कृषि तथा अन्य क्षेत्रमा दिगोरुपमा प्रयोग गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

आफूले लगानी गरेका जलविद्युत परियोजनाहरूका लागि हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड सर्टिफिकेसन प्राप्त गर्ने बैंकको लक्ष्य छ।