काठमाडौं। सरकारले चालु वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको छ। यो आर्थिक वर्ष औद्योगिक प्रयोजनका लागि भन्दै सरकारले सुपारी, केराउ र मरिचको आयात खुलाएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा मात्र प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिच आयात गर्न दिने निर्णय नेपाल राजपत्रमा प्रकाशन गरेको छ।
मन्त्रालयले असोज ७ गते राजपत्रमा प्रकाशन गरेको सूचनामा आयात गर्न दिने परिणाम भने तोकिएको छैन। औद्योगिक प्रयोजनका लागि बाहेक सुपारी, केराउ र मरिच आयात गर्न पाइने छैन।
सरकारले २०७६ चैत २४ गते सुपारी, केराउ र मरिच आयातमा प्रतिबन्ध लगाएकामा पटके निर्णय गरी अनुमति दिने गरिएको छ। गत आर्थिक वर्षका लागि पनि यसैगरी कात्तिक पहिलो साता पटके निर्णय गरी आयात गर्न दिइएको थियो।











