
काठमाडौं। सुनको मूल्य लगातार उकालो लागेको छ। तीन दिनयता लगातार बढेर सुनको मूल्य प्रति तोला १ लाख ६० हजार रुपैयाँ नजिक पुगेको छ।
सुन मंगलबार तोलामा ५ सय रुपैयाँ महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ५९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। सोमबार पनि तोलामा ४०० रुपैयाँ बढेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका कारण नेपाली बजारमा सुन महँगो हुन पुगेको हो। सोमबार प्रति औंस २६३०.१५ डलर रहेको सुनको भाउ मंगलबार प्रति औंस २६३७.१९ डलर पुगेको छ।
चाँदीको मूल्य भने मंगलबार तोलामा ५ रुपैयाँ घटेर प्रति तोला १ हजार ९१५ रुपैयाँ कायम छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको भाउ भने प्रति औंस ३१.१२ डलरबाट ३१.०९ डलरमा झरेको छ।