
काठमाडौं। सुनको भाउ लगातार उच्च हुँदै रेकर्ड बनाइरहेको छ।अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ बढेर सोमबार कारोबार मूल्य प्रति तोला १ लाख ५९ हजार २ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको पहिलो दिन तोलामा १७०० रुपैयाँ बढ्दा कारोबार मूल्य प्रति तोला १ लाख ५८ हजार ८ सय पुगेको थियो।
चाँदीको मूल्य सोमबार स्थिर छ। आइतबार ५ रुपैयाँ बढेर प्रति तोला १ हजार ९ सय २० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस २६३०.१५ डलरमा कारोबार भइरहेको छ। आइतबार प्रतिऔंस २६२२.३ डलर थियो।
चाँदीमा झिनो गिरावट छ। चाँदी प्रतिऔंस ३१. १२ डलर छ। आइतबार ३१.१७ डलरमा कारोबार भएको थियो।