रसुवागढी जलविद्युत आयोजनाले १३२ केभीको प्रसारण लाइन कुरेको ७ महिना नाघ्यो

बिजमाण्डू
२०८१ असोज १ गते १७:३९ | Sep 17, 2024
रसुवागढी जलविद्युत आयोजनाले १३२ केभीको प्रसारण लाइन कुरेको ७ महिना नाघ्यो
रसुवागढी जलविद्युत आयोजना

काठमाडौं। रसुवागढी जलविद्युत आयोजनाले त्रिशुली-चिलिमे हब प्रसारण लाइनको प्रतीक्षा गरेको ७ महिना नाघेको छ। १३२ केभीको प्रसारण लाइन अभावमा आयोजनाले लोड परीक्षण गर्न पाएको छैन।

Tata
GBIME
NLIC

गत माघ २१ गतेदेखि विद्युतको लोड परीक्षणका लागि तयारी अवस्थामा रहेको तर प्रसारण लाइन अभावमा परीक्षण गर्न नपाएको आयोजना प्रमुख छबिलाल गैरेले बताए।

‘आयोजनाको फुल हेडमा गत माघ २१ मा नै पानी प्राप्त भएको थियो। फुल हेडमा पानी प्राप्त भएपश्चात १३२ केभीको प्रसारण लाइन प्राप्त हुनुपर्ने थियो। ‍तर, प्रसारण लाइन अभावमा अहिलेसम्म लोड परीक्षण गर्न पाइएको छैन,’ उनले भने, ‘हामी तयारी अवस्थामा छौं। परीक्षण गर्न प्रसारण लाइन पाएपछि करिब एक महिना लाग्छ।’

आयोजनाले प्रसारण लाइनबिना गर्न मिल्ने सबै परीक्षण गरिसकेको छ। १३२ केभीको प्रसारण लाइन प्राप्त भएपछि आयोजनाको पर्मर्मेन्स, लोड रिजेक्सन, जेनेरेसन फुल लोड, इफिसियन्सी लगायत परीक्षण गरिने छ।

यो आयोजनाको बिजुली नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली-चिलिमे हब प्रसारण लाइनबाट राष्ट्रिय  प्रसारण लाइनमा जोडिने छ।

प्रसारण लाइनको काम अब १० दिनभित्र सकिने आयोजना निर्देशक थर्क थापाले बताए। उनका अनुसार ३ किलोमिटर तार तानेपछि काम सकिनेछ। अहिले रसुवाको उत्तरगया गाउँपालिका-२ सिरुखेत भदौरे क्षेत्रमा तार तान्ने काम भइरहेको छ।