
काठमाडौं। लगातार उच्च भएको सुनको भाउ मंगलबार पुन: घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
सोमबार तोलामा ५ सय रुपैयाँ बढ्दै सुन प्रति तोला एक लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ९ सय ५ रुपैयाँ कायम छ। सोमबार १५ रुपैयाँले बढेर कारोबार मूल्य प्रति तोला एक हजार ९ सय १५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन घटेर प्रति औंस २५७६.९५ डलर र चाँदी प्रति औंस ३०.७५ डलरमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य बढ्दै प्रति औंस २५८५.७४ डलर र चाँदी प्रति औंस ३०.९८ डलर पुगेको थियो।