सुनको मूल्य लगातार उच्च : ५ सय बढ्दै पुग्यो तोलाको १ लाख ५७ हजार ३ सय

बिजमाण्डू
२०८१ भदौ ३१ गते १०:५२ | Sep 16, 2024
सुनको मूल्य लगातार उच्च : ५ सय बढ्दै पुग्यो तोलाको १ लाख ५७ हजार ३ सय


काठमाडौं। सुनको मूल्यले दुई दिनयता लगातार बढ्दै नयाँ उचाइ कायम गरिरहेको छ। साताको दोस्रो दिन पनि तोलामा ५ सय रुपैयाँ बढ्दै हालसम्मै उच्च मूल्य पुगेको छ। सोमबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख ५७ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

साताको पहिलो दिन सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रति तोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्य पनि निकै उच्च भएको छ। साताको पहिलो दिनका तुलनामा १५ रुपैयाँ बढेर सोमबार प्रति तोला १ हजार ९ सय १५ रुपैयाँ पुगेको छ। गत साताको अन्तिम दिनका तुलनामा ४० रुपैयाँ  बढ्दा आइतबार प्रति तोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २५८५.७४ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि प्रतिऔंस ३०.९८ डलर पुगेको छ।आइतबार सुन प्रति औंस २५७८.२४ डलर र चाँदी ३०.७५ डलर थियो।