हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य तोलामा १ सयले घट्यो, चाँदीमा १५ रुपैयाँ वृद्धि

बिजमाण्डू
२०८१ भदौ २७ गते १२:५८ | Sep 12, 2024
हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य तोलामा १ सयले घट्यो, चाँदीमा १५ रुपैयाँ वृद्धि


काठमाठौं। बिहीबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार ४ सयमा कारोबार भएको सुन बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। बुधबार प्रति तोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने १ हजार ७ सय ९५ रुपैयाँ निर्धारण भएको छ। रासस