काठमाडौं। भरतपुरमा दैनिक ५ उडान गर्ने श्री एयरलाइन्सको तालिका स्वीकृत भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दैनिक ५ उडान गर्ने तालिका स्वीकृत गरेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए।
एयरलाइन्सले भरतपुरमा उडान गर्न पाउने अनुमति अन्तिम चरणमा छ। अनुमति पाउनासाथ सुरुमा दैनिक ३ उडान गर्ने कम्पनीको तयारी छ।
‘हामी क्यानबाट अनुमति पाउने प्रक्रियाको अन्तिम चरणमा रहेका छौं। अनुमति आएको १ साताभित्र भरतपुरमा उडान सुरु गर्ने तयारी छ,’ प्रवक्ता मानन्धरले भने, ‘सुरुमा दैनिक ३ उडान गर्छौं।’
कम्पनीले भरतपुरमा टर्बोप्रोप-८०० सिरिजको जहाजमार्फत उडान गर्नेछ।
भरतपुरमा हाल बुद्ध एयरको एकाधिकार छ। बुद्धले एटीआर-४२ सिरिजको जहाजमार्फत भरतपुरमा दैनिक ८ भन्दा बढी व्यावसायिक उडान गर्दै आएको छ।