
काठमाडौं। हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य घटेको छ। साताको पहिलो दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रति तोला १ लाख ५२ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
गत शुक्रबार तोलामा १३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ७५० रुपैयाँ कायम छ। शुक्रबार चाँदी बढ्दै प्रति तोला १ हजार ७९५ रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔैंस २४९७.३९ डलर र चाँदी प्रतिऔंस २७.९३ डलरमा कारोबार भइरहेको छ।