एआई भ्वाइस प्रोजेक्टका लागि मेटाले हलिउड कलाकारहरुलाई करोडौं रुपैयाँ गरिरहेको छ अफर

बिजमाण्डू
२०८१ साउन २० गते १२:२५ | Aug 4, 2024
एआई भ्वाइस प्रोजेक्टका लागि मेटाले हलिउड कलाकारहरुलाई करोडौं रुपैयाँ गरिरहेको छ अफर
photo : pymnts.


अमेरिकी टेक जायन्ट मेटा प्लेटफर्म इंकले हलिउड कलाकारहरुलाई उनीहरुको आवाज प्रयोग गरे बापत करोडौं रुपैयाँ दिने अफर गरिरहेको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रोजेक्टका लागि सेलिब्रेटीको आवाज रेकर्ड गरेर प्रयोग गर्न यस्तो सहमतिको प्रयोग भइरहेको हो।

Tata
GBIME
NLIC

कलाकारहरुसँग ‘डिल’मा सहभागीहरुका अनुसार हालसम्म जुडी डेन्च, अउक्वाफिना र केगन माइकल कीसँग यसबारेमा छलफल भइसकेको छ। यो प्रोजेक्टलाई मेटाले निकै गोप्य राख्ने प्रयास गरिरहेको छ। मेटाले भने खबर सार्वजनिक भएपछि कुनै प्रतिक्रिया दिएको छैन।

मेटाले कसरी आवाज प्रयोग गर्ने तयारी गरिरहेको छ भन्नेबारे पनि केही सार्वजनिक भएको छैन। यद्यपि, प्रयोगकर्ताले च्याटबटमार्फत सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी गर्न सक्ने अनुमान गरिएको छ।

धेरैपटक मेटा र कलाकारहरुका प्रतिनिधिबीच सम्झौताबारे छलफल भएको तर आवाज प्रयोग गर्ने सर्तहरुमा कुरा नमिलेको बताइएको छ।