आज राति बिलिङ प्रणाली मर्मत गर्दै नेपाल टेलिकम, यी सेवा प्रभावित बन्न सक्ने

बिजमाण्डू
२०८१ साउन १७ गते ११:४१ | Aug 1, 2024
आज राति बिलिङ प्रणाली मर्मत गर्दै नेपाल टेलिकम, यी सेवा प्रभावित बन्न सक्ने


काठमाडौं। नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा सोधखोजसम्बन्धी सेवा बिहीबार राति ११ बजेदेखि ४ घण्टा प्रभावित हुने भएको छ।

Tata
GBIME
NLIC

टेलिकमले बिलिङ प्रणाली स्तरोन्नती गर्नुपर्ने भएकाले सेवा प्रभावित हुन सक्ने जनाएको छ।

सो समयमा टेलिकमका अरु सेवामा भने कुनै समस्या नहुने टेलिकमले जनाएको छ। यसअघि पनि टेलिकमले असार २५ गते बिलिङ प्रणाली मर्मतको काम गरेको थियो।