काठमाडौं। नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा सोधखोजसम्बन्धी सेवा बिहीबार राति ११ बजेदेखि ४ घण्टा प्रभावित हुने भएको छ।
टेलिकमले बिलिङ प्रणाली स्तरोन्नती गर्नुपर्ने भएकाले सेवा प्रभावित हुन सक्ने जनाएको छ।
सो समयमा टेलिकमका अरु सेवामा भने कुनै समस्या नहुने टेलिकमले जनाएको छ। यसअघि पनि टेलिकमले असार २५ गते बिलिङ प्रणाली मर्मतको काम गरेको थियो।