अघिल्लो जेनेरेसनभन्दा सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ को प्रि-अर्डर दोब्बर

बिजमाण्डू
२०८१ साउन १७ गते ११:१० | Aug 1, 2024
अघिल्लो जेनेरेसनभन्दा सामसङको ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६ को प्रि-अर्डर दोब्बर


काठमाडौं। सामसङले नयाँ ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ का लागि नेपालमा अघिल्लो जेनेरेसनको फोल्डेबलको तुलनामा झन्डै दोब्बर प्रि–अर्डर पाएको छ। सामसङ नेपालले साउन १५ गतेसम्म प्रि-अर्डर खोलेको थियो।

Tata
GBIME
NLIC

सामसङले साउन २ गते नेपालमा यी स्मार्टफोन लञ्च गर्दै प्रि-अर्डर खुला गरेको थियो। प्रि-अर्डरको समय सकिएसँगै अब यी स्मार्टफोन सामसङका स्टोरसहित देशभर उपलब्ध हुनेछन्।

‘नेपालमा लन्च गरिएका नयाँ फोल्डेबल स्मार्टफोन ग्यालेक्सी जेड फोल्ड ६ र ग्यालेक्सी जेड फ्लिप ६ लाई लिएर उपभोक्ताको अत्यधिक प्रतिक्रियाले हामी खुसी र आभारी छौँ। नयाँ छैटौं जेनेरेसनको फोल्डेबल स्मार्टफोनहरूले ग्यालेक्सी एआइको अर्को अध्याय खोल्न, प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउन, र सञ्चार, उत्पादकत्व र रचनात्मकतामा नयाँ मोबाइल अनुभवहरूको दायरा दिन सक्षम भएको छ,’ सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने।

नयाँ फोल्डेबलहरू ग्यालेक्सी जेड सिरिजको अहिलेसम्मकै सबैभन्दा स्लिम र हलुका स्मार्टफोन भएको कम्पनीको भनाइ छ।

नयाँ ग्यालेक्सी जेड सिरिजलाई डुअल रियल हिङ्ग संरचनाले बलियो फोल्डिङ एजबाट थप बलियो बनाएको कम्पनीले जनाएको छ। ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ मा स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्म छ। अहिलेसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सीपीयु, जीपीयु र एनपीयु कार्यसम्पादनको संयोजन यो मोबाइलमा रहेको कम्पनीको दाबी छ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ।

यी मोडलमा नोट असिस्ट, कम्पोजर, स्केच टु इमेज लगायतका फिचर समावेश छन्। गुगलसँगको साझेदारीमा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत गरिएको कम्पनीले जनाएको छ। यसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–संचालित सहायक उपलब्ध गराउनेछ।

मोबाइलको मूल्य

डिभाइसरंगमूल्य (रुपैयाँमा)
ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जीबी)सिल्भर श्याडो, ब्लु१,५४,९९९
ग्यालेक्सी जेडफोल्ड६ (१२+२५६ जीबी)सिल्भर श्याडो,न्यभी२,३४,९९९
ग्यालेक्सी जेडफोल्ड६ (१२+५१२जीबी)सिल्भर श्याडो,न्यभी२,४९,९९९
गिफ्ट/मोडलजेड फ्लिप६ – २५६ जीबीजेड फोल्ड६ – २५६ जीबीजेड फोल्ड६ – ५१२ जीबी
कभरसिलिकन केस (रु. ५,४९९)एस पेन केस (रु. १२,२९९)एस पेन केस (रु. १२,२९९)