
काठमाडौं। नागरिक लगानी कोषले लाभांश घोषण गरेको छ। कम्पनीको संचालक समितिको आज बसेको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णय अनुसार कम्पनीका सेयरधनीले १४ प्रतिशत बोनस सेयर पाउनेछन्। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद छुट्याइएको छ।
सेयरधनीले साधारण सभाले पारित गरेपछि लाभांश पाउनेछन्।