सेयर बजार परिसूचक ९.५४ अंकले घट्यो, ३ अर्ब ७० करोड ८४ लाखको कारोबार

बिजमाण्डू
२०८१ जेठ २ गते १५:२० | May 15, 2024
सेयर बजार परिसूचक ९.५४ अंकले घट्यो, ३ अर्ब ७० करोड ८४ लाखको कारोबार


काठमाडौं। पछिल्लो चार दिन लगातार उकालो लागेको सेयर बजार कारोबारमा बुधबार गिरावट आएको छ।

Tata
GBIME
NLIC

नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ को विन्दुमा झरेको छ। उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्।

सबैभन्दा धेरै विकास बैंक उपसमूहको सेयर मूल्य ०.९६ प्रतिशतले घटेको छ। कारोबारमा आएका ३१५ कम्पनी मध्ये १७२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

सर्वाधिक गुमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन्। यस कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ। उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

३ अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।