मास्टर सेफ सन्तोषको ‘मिथिला थाली’को सञ्जाल विस्तार, डेढ करोडमा खुल्यो झम्सिखेल आउटलेट

बिजमाण्डू
२०८१ बैशाख ३० गते १६:४७ | May 12, 2024
मास्टर सेफ सन्तोषको ‘मिथिला थाली’को सञ्जाल विस्तार, डेढ करोडमा खुल्यो झम्सिखेल आउटलेट

काठमाडौं। मास्टर सेफ सन्तोष साहको रेष्टुरेन्ट ‘मिथिला थाली’को दोस्रो आउटलेट सञ्चालनमा आएको छ। ललितपुरको झम्सिखेलमा दोस्रो आउटलेट सञ्चालनमा ल्याइएको हो।

Tata
GBIME
NLIC

मास्टर सेफ सन्तोषले पहिलो रेष्टुरेन्ट सञ्चालनमा आएको एक वर्षपछि उपत्यकामा आउटलेट खोलेका हुन्। उनले गत वर्ष जेठ ६ गते जनकपुरमा ‘मिथिला थाली’ रेष्टुरेन्ट सुरु गरेका थिए। उनका अनुसार झम्सिखेलको आउटलेटमा डेढ करोड रुपैयाँ लगानी गरिएको छ।

‘हाम्रो मूल उद्देश्य भनकै मिथिला परिकार र संस्कृति प्रवर्धन गर्नु हो,’ उनले भने, ‘हामीले व्यावसायिक रुपमा आम्दानी गर्नेभन्दा पनि मिथिला थाली प्रवर्धन र कृषकले उब्जनी गर्दै आएका खाद्य सामग्रीको अधिक उपयोगलाई प्राथमिकता दिएका छौं।’   

उनी काठमाडौंको गौशालाका साथै भारत र दोहामा पनि आउटलेट खोल्ने तयारीमा छन्।

झम्सिखेलको आउटलेटबारे जानकारी दिंदै मास्टर सेफ सन्तोष साह (बीचमा)

‘झम्सिखेल आफैंमा एउटा ह्यापनिङ प्लेस भयो। यहाँ हामीले पेय पदार्थसहित मांसाहारी परिकार समावेश गरेका छौं,’ उनले भने,’गौशालामा हिन्दु धर्मावलम्बीलाई मध्यनजर गर्दै पूर्ण शाकाहारी मेनु पस्किनेछौं।’

जनकपुरस्थित आउटलेटमा १७ वटा भेराइटीसहितको थाली सेटको मूल्य ३०० रुपैयाँ रहेकामा झम्सिखेलमा ५५० रुपैयाँ राखिएको छ।

सन्तोषका अनुसार मिथिला थाली सेटमा लस्सी, दही पुरी, आलुको चोखा, राइस, गहुँको रोटी, ४ किसिमका अचार, तिलौरी, बेथेको साग, तरुवा लगायत परिकार हुन्छन्। डेजर्टका रुपमा रसमलाई र पान समावेश गरिएको छ।

यस्तो छ मेनु