एसियन लाइफको नाफा २५४.९२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २९.२० रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख ३० गते ११:२५ | May 12, 2024
एसियन लाइफको नाफा २५४.९२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी २९.२० रुपैयाँ

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ९ महिनामा ६९ करोड ११ रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले पोहोर ९ महिनाको तुलनामा २५४.९२ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो।

Tata
GBIME
NLIC

एसियन लाइफले पोहोर तेस्रो त्रैमाससम्म १९ करोड ४७ लाख खुद नाफा कमाएको थियो। खुद बीमा शुल्क र लगानी तथा कर्जामा हुने आम्दानी वृद्धि भएपछि खुद नाफामा उछाल आएको हो।

पोहोर तेस्रो त्रैमासको तुलनामा कम्पनीले खुद बीमा शुल्क १०.५० प्रतिशतले वृद्धि गरेर ५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले पोहोर चैतसम्म ५ अर्ब ८ करोड खुद नाफा कमाएको थियो।

एसिय लाइफले गत वर्ष लगानी तथा कर्जाबाट २ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष २ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ छ । प्रति सेयर आम्दानी २९.२० रुपैयाँ र प्रति सेयर नेटवर्थ १२९.१९ रुपैयाँ छ।