
काठमाडौं । पाँच वर्षे कार्यकाल पुरा गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजबाट औपचारिक रुपमा बिदा हुँदैछन्।
कोभिड-१९ लकडाउन सुरु भएपछि चैत २४ गते एकदमै चुनौतीपूर्ण अवस्थामा गभर्नरको कार्यकाल सुरु गरेका उनी अर्थतन्त्रका समस्याहरु (फरक खालका) कै बीच बिदा हुन लागेका हुन्।

उनले आज बिहान साढे ११ बजे पत्रकारहरुसँग कुराकानी गरेका थिए। त्यसक्रममा उनले आफूले पाँच वर्षमा गरेका कामहरुको फेह्रिस्ट भनेका थिए।
उनले ५ वर्षमा गरेका कार्य र राष्ट्र बैंकले पाएको उपलब्धीहरु समेटिएको प्रकाशन पनि सार्वजनिक गरेका थिए।
आजै अधिकारीले राष्ट्र बैंकका उपत्यकामा भएका सम्पूर्ण कर्मचारीहरुसँग भेट गर्दैछन्। उनले साढे १२ बजे बालुवाटार परिसरमै बिदाइ लिने छन्।





