धुलिखेलमा आमासँगै जिपलाइन गर्दा ५० प्रतिशत छुट

बिजमाण्डू
२०८१ बैशाख २६ गते ११:२३ | May 8, 2024
धुलिखेलमा आमासँगै जिपलाइन गर्दा ५० प्रतिशत छुट

काठमाडौं। धुलिखेल जिपलाइनले मातातीर्थ औंशीको अवसरमा आफ्ना सेवाग्राहीलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।

Tata
GBIME
NLIC

आमाको मुख हेर्ने दिनको अवसर पारेर कम्पनीले आमासँगै जिपलाइन सेवा लिने सेवाग्राहीलाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो।

कम्पनीका अनुसार आमासँगै जीपलाइन गर्नेहरुले मात्रै यो छुट पाउनेछन्। बुधबारबाट सुरु भएको यो योजना शुक्रबारसम्म लागू हुने जनाइएको छ।

वर्ल्ड वाइड एडभेन्चर प्रालिले धुलिखेलमा संचालन गरिरहेको जिपलाइनमा क्लासिक जिपलाइनसँगै उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन पनि छ। यस्तै, टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन पनि त्यहाँ संचालनमा छ।