भारतमा आज तेस्रो चरणको मतदान, मैदानमा मोदीका चाणक्यदेखि विपक्षी दलका दिग्गजसम्म

बिजमाण्डू
२०८१ बैशाख २५ गते ०८:४२ | May 7, 2024
भारतमा आज तेस्रो चरणको मतदान, मैदानमा मोदीका चाणक्यदेखि विपक्षी दलका दिग्गजसम्म
Photo : ANI / BBC Hindi

भारतमा आज लोकसभा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान भइरहेको छ। आज ११ राज्य र केन्द्र शासित प्रदेशका ९३ सिटका लागि मतदान हुँदैछ।

Tata
GBIME
Nepal Life

तेस्रो चरणको मतदानका लागि कूल १ लाख ८५ लाख मतदान केन्द्रहरु निर्माण गरिएका छन्। १७ करोड २४ लाख मतदाता आजको मतदानमा सहभागी हुन योग्य छन्।

आजको चुनावबाट हाइप्रोफाइल नेताहरुको राजनीतिक भविष्य ब्यालेटमा बन्द हुनेछ। भारतीय गृहमन्त्री अमित शाह गुजरातको गान्धीनगरबाट प्रतिष्पर्धामा छन्। १९८९ देखि यो सिटमा भारतीय जनता पार्टी जित्दै आएको छ। मोदीका चाणक्यका रुपमा लिइने शाह सन् २०१९ मा यही क्षेत्रबाट जित्दै लोकसभा पुगेका थिए। यसपटक उनीविरुद्ध भारतीय राष्ट्रिय कांग्रेसकी सोनल पटेल मैदानमा छिन्।

यस्तै, स्वास्थ्य मन्त्री मनसुख मंडाविया, मन्त्री पुरुषोत्तम रुपालासहित विपक्षी दलहरुबाट डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिह लगायत नेताहरुको पनि आज परीक्षा हुँदैछ। डिम्पल यादव समाजवादी पार्टीकी नेतृ हुन्। उनी उत्तर प्रदेशको पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमती हुन्। सुप्रिया सुले राष्ट्रपावी कंग्रेस पार्टीबाट निर्वाचन लड्दैछिन्। शरद पवारको नेतृत्वमा रहेको सो दललाई आन्तरिक किचलोको तनावले मतदानमा असर गर्न सक्ने डर छ।

भारतीय राष्ट्रिय कंग्रेसका नेता दिग्विजय सिंह ३१ वर्ष पछि मध्यप्रदेशको राजगढबाट चुनाव लडिरहेका छन्। सन् २१९९४ मा उनले सो सिट छाडेका थिए।

सात चरणमा सम्पन्न हुने लोकसभा निर्वाचनको चौथो चरण १३ मे मा हुनेछ। पाचौं चरण २० मेमा हुनेछ भने छैटौं चरण २५ मेमा हुनेछ। जून १ मा सातौं चरणको मतदान सकिएसँगै जून ४ बाट मत गणना सुरु हुनेछ।