आजको मौसम पूर्वानुमान : दिउँसो र राति पहाडी भेगमा हल्का वर्षाको सम्भावना

बिजमाण्डू
२०८१ बैशाख २४ गते ०६:३२ | May 6, 2024
आजको मौसम पूर्वानुमान : दिउँसो र राति पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं । सोमबार देशभर पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।

Tata
GBIME
Nepal Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार बहिना पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने प्रक्षेपण छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।