खाद्य ऐन ५८ वर्षपछि प्रतिस्थापन, संसद्ले ४ वर्षमा पारित गरेको विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

बिजमाण्डू
२०८१ बैशाख २३ गते १६:३७ | May 5, 2024
खाद्य ऐन ५८ वर्षपछि प्रतिस्थापन, संसद्ले ४ वर्षमा पारित गरेको विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण
विधेयक प्रमाणीकरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्वीर: राष्ट्रपतिको कार्यालय

काठमाडौं। खाद्य ऐन ५८ वर्षपछि प्रतिस्थापन भएको छ। खाद्य ऐन २०२३ लाख प्रतिस्थापन गरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुन बनाइएको हो।

Tata
GBIME
Nepal Life

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका छन्।

२०७७ असार २८ गते संसद्‍मा दर्ता भएको विधेयक राष्ट्रिय सभाबाट २०७९ माघ २३ र प्रतिनिधि सभाबाट गत चैत २१ गते पारित भएको थियो।