आगो निभाउन सिम्रिकको हेलिकोप्टर प्रयोग गरिने, तयारी अवस्थामा रहन प्राधिकरणको निर्देशन

बिजमाण्डू
२०८१ बैशाख २३ गते १६:२० | May 5, 2024
आगो निभाउन सिम्रिकको हेलिकोप्टर प्रयोग गरिने, तयारी अवस्थामा रहन प्राधिकरणको निर्देशन

काठमाडौं। देशका विभिन्न स्थानका जंगलमा लागेको आगो निभाउन सिम्रिक एयरको हेलिकोप्टर प्रयोग गरिने भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुनै पनि बेला हेलिकोप्टरबाट पानी हाल्नुपर्ने भन्दै सिम्रिक एयरलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जंगलको डढेलो नियन्त्रणका लागि हेलिकोप्टरबाट पानी हाल्नुपर्ने अवस्था देखिएकाले सिम्रिक एयरलाई तयारी अवस्थामा रहन भनेको जानकारी दिए।

‘डढेलो लागेका सबै ठाउँमा आगो नियन्त्रण गर्न गाह्रै छ। तर गाउँ वस्ती नजिक लागेका डढेलो नियन्त्रणका लगि हामी खटिरहेका छौं,’ प्रवक्ता भट्टराईले भने, ‘पानी हालेर वस्ती जोगाउनका लागि हेलिकोप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यसका लागि सिम्रिक एयरसँग बकेट नै छ।’

सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले सरकारले भन्नेवित्तिकै हेलिकोप्टर परिचालनका लागि कम्पनी तयार रहेको बताए। कम्पनीसँग ४ वटा हेलिकोप्टर रहेकामा एउटा भने आगो निभाउने प्रयोजनमा समेत प्रयोग गरिंदै आएको छ।