ग्रिन हाइड्रोजनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य

बिजमाण्डू
२०८१ बैशाख २३ गते १५:३८ | May 5, 2024
ग्रिन हाइड्रोजनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग मुक्तिनाथ विकास बैंकको सहकार्य
सहकार्य गर्ने सम्झौता गर्दै मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युम्न पोखरेल र ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराज सिंह थापा

काठमाडौं। मुक्तिनाथ विकास बैंकले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले अनुसन्धानका लागि विश्वविद्यालय अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबलाई आर्थिक सहयोग गर्ने भएको छ। यस सम्बन्धमा आइतबार सम्झौता भएको छ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र ग्रिन हाइड्रोजन ल्याब प्रमुख डा. विराज सिंह थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।