सीजी फुड्समा भएको आक्रमणको सीएनआईले गर्‍यो विरोध, दोषीलाई कारबाही गर्न माग

बिजमाण्डू
२०८१ बैशाख २३ गते १३:०५ | May 5, 2024
सीजी फुड्समा भएको आक्रमणको सीएनआईले गर्‍यो विरोध, दोषीलाई कारबाही गर्न माग

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सीजी फुड्समा आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

Tata
GBIME
Nepal Life

सीएनआईले आइतबार प्रेस विज्ञप्‍ति जारी गरी सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटनालाई निन्दनीय भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो।

सीजी फुड्समा गत शुक्रबार आक्रमण भएको थियो। सीएनआईले यस्ता घटनाले निजी क्षेत्रलाई थप हतोत्साही बनाउने तथा लगानीको वातावरण बिग्रनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ।

‘निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं,’ सीएनआईले विज्ञप्‍तिमा भनेको छ, ‘देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन परिसंघ माग गर्दछ।’