सेवा विस्तारमा श्री एयरलाइन्स, काठमाडौं-सुर्खेत उडान दैनिक दुई वटा

बिजमाण्डू
२०८१ बैशाख २३ गते ११:०४ | May 5, 2024
सेवा विस्तारमा श्री एयरलाइन्स, काठमाडौं-सुर्खेत उडान दैनिक दुई वटा

काठमाडौं। श्री एयरइन्सले काठमाडौं-सुर्खेत उडान बढाउने भएको छ। एयरलाइन्सले यो रुटमा हाल दैनिक एउटा उडान गर्दै आएकामा अब दैनिक अर्को उडान थप्न लागेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका प्रवक्ता अनिल मानन्धरले क्यू-४०० ‘टर्बोप्रोप’ जहाजमार्फत दैनिक २ वटा उडान गर्ने तयारी रहेको जानकारी दिए।

‘हामीले काठमाडौं-सुर्खेत उडानमा यात्रुको माग वृद्धि भएकाले विस्तारको योजना अगाडि बढाएका हौँ,’ प्रवक्ता मानन्धरले भने, ‘यही साताभित्रै उडान थप्ने तयारीमा छौं।’

यो गन्तव्यमा बुद्ध एयरले पनि दैनिक २ वटा उडान गर्दै आएको छ।