सन सेक्युरिटिजमा रेमिट डिम्याट खाता, विदेशमा रहेका नेपालीलाई आजीवन नि:शुल्क

बिजमाण्डू
२०८१ बैशाख २० गते ११:२६ | May 2, 2024
सन सेक्युरिटिजमा रेमिट डिम्याट खाता, विदेशमा रहेका नेपालीलाई आजीवन नि:शुल्क

काठमाडौं। सन सेक्युरिटिजले रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’ अभियान अन्तर्गत विदेशमा रहेका नेपालीहरुका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको हो।

विदेशमा बस्ने नेपालीले कम्पनीमा डिम्याट खाता र मेरो सेयरको सुविधा नि:शुल्क पाउनेछन्। उनीहरुका लागि डिम्याट खाता र मेरो सेयरको सुविधा आजीवन निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ।

विदेशमा बस्ने नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज होस् भनेर यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ।