आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो साढे ३४ प्रतिशत लाभांश, बोनस र नगद कति?

बिजमाण्डू
२०८१ बैशाख २० गते १०:१६ | May 2, 2024
आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो साढे ३४ प्रतिशत लाभांश, बोनस र नगद कति?

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत बोनस सेयर र नगद लाभांशको कर प्रयोजनका लागि लाभांश प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले पोहोर ९ महिनाको तुलनामा ७५.७९ प्रतिशतले खुद नाफा बढाएको हो। पोहोर चैतसम्म आइएमई लाइफले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रिमियम र खुद आम्दानी बढाउँदा कम्पनीको खुद नाफा उच्च दरमा वृद्धि भएको हो।

कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ। यो पोहोर चैतको तुलनामा ७.७९ प्रतिशतले धेरै हो। कम्पनीले पोहोर ९ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको थियो।

हाल आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी ११.०५ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १७७.२५ रुपैयाँ छ।