आइएमई लाइफको खुद नाफा ७५.७९% बढ्यो, प्रति सेयर आम्दानी ११.५ रुपैयाँ

बिजमाण्डू
२०८१ बैशाख १७ गते ११:४६ | Apr 29, 2024
आइएमई लाइफको खुद नाफा ७५.७९% बढ्यो, प्रति सेयर आम्दानी ११.५ रुपैयाँ

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म ३३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले पोहोर ९ महिनाको तुलनामा ७५.७९ प्रतिशतले खुद नाफा बढाएको हो। पोहोर चैतसम्म आइएमई लाइफले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

प्रिमियम र खुद आम्दानी बढाउँदा कम्पनीको खुद नाफा उच्च दरमा वृद्धि भएको हो।

कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ। यो पोहोर चैतको तुलनामा ७.७९ प्रतिशतले धेरै हो। कम्पनीले पोहोर ९ महिनामा २ अर्ब ८९ करोड रुपैयाँ खुद प्रिमियम आर्जन गरेको थियो।

हाल आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ। कम्पनीको प्रति सेयर आम्दानी ११.०५ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १७७.२५ रुपैयाँ छ।