सुनचाँदी बजारः सुन तोलामा चार सय रुपैयाँ घट्यो, चाँदीमा झिनो बढोत्तरी

बिजमाण्डू
२०८१ बैशाख १७ गते १०:५६ | Apr 29, 2024
सुनचाँदी बजारः सुन तोलामा चार सय रुपैयाँ घट्यो, चाँदीमा झिनो बढोत्तरी

काठमाडौं। सुन गत शुक्रबार कायम मूल्यमा फर्किएको छ। साताको प्रारम्भका तुलनामा ४ सय रुपैयाँ घट्दा सोमबार तोलाको १ लाख ३७ हजार २ सय रुपैयाँ भएको हो।

Tata
GBIME
Nepal Life

गत शुक्रबारका तुलनामा ४ सयको बढोत्तरीले आइतबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको थियो।

चाँदीको कारोबार मूल्यमा भने झिनो बढोत्तरी छ। सोमबार प्रति तोला १६ सय ६५ रुपैयाँ भएको छ। आइतबार १६ सय ६० रुपैयाँ थियो भने गत शुक्रबार १६ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस २३३३.१८ डलरले कारोबार भइरहेको छ। आइतबार २३३७.९३ डलर थियो। चाँदी प्रति औंस २७.३१ डलर छ। आइतबार २७.१८ डलरले कारोबार भएको थियो।