इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै, दोस्रोमा कांग्रेसका खड्का

बिजमाण्डू
२०८१ बैशाख १७ गते ०८:०३ | Apr 29, 2024
इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै, दोस्रोमा कांग्रेसका खड्का
तस्बिर : रासस।

काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन्।

Tata
GBIME
Nepal Life

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ६ सय ३४ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले १ हजार ३ सय ५ मत प्राप्त गरेका छन्।

हालसम्म २१ हजार ८ सय ५४ मत गणना भएको छ। फाक्फोकथुम, चुलाचुली र माङ्सेबुङ १ को मत गणना गर्दा उक्त नतिजा आएको हो।

१ लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ मत खसेको थियो। उपनिर्वाचनमा १२ राजनीतिक दल र ७ स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।