सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षका लागि ५ अर्बको विकास ऋणपत्र जारी गर्दै

बिजमाण्डू
२०८१ बैशाख १६ गते ०८:५२ | Apr 28, 2024
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षका लागि ५ अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ वर्षका लागि ५ अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। कार्यालयले आइतबार सूचना जारी गर्दै ५ अर्बको विकास ऋणपत्र बोलकबोलमार्फत निकाल्न लागेको जनाएको छ।

Tata
GBIME
Nepal Life

कार्यालयले ८ वर्षे विकास ऋणपत्र, २०८९ ‘ग’ आगामी मंगलबार बोलकबोलमार्फत बिक्री र बिहीबार निष्कासन गर्ने जनाएको छ। उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्त संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन पाउने छन्।

बोलकबोल विवरण कार्यालय वा नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध प्रणालीमा अनलाइन बुझाउन सकिने सूचनामा छ।

विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन्।