जीएमइ रेमिटको क्यास ब्याक योजना, रोमानियाबाट रेमिटेन्स पठाउँदा प्रति कारोबार २५० पाइने

बिजमाण्डू
२०८१ बैशाख ४ गते १९:५९ | Apr 16, 2024
जीएमइ रेमिटको क्यास ब्याक योजना, रोमानियाबाट रेमिटेन्स पठाउँदा प्रति कारोबार २५० पाइने

काठमाडौं। जीएमइ रेमिटले रोमानियाबाट नेपालमा रेमिटेन्स पठाउँदा प्रति कारोबार २५० रुपैयाँ नगद पाउने योजना ल्याएको छ। कम्पनीले स्मिथ एण्ड स्मिथसँगको साझेदारीमा यो योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, वालेट र नगदमा रेमिटेन्स पठाउँदा प्रति कारोबार २५० रुपैयाँ नगद पाइनेछ।

जीएमइ रेमिटका महाप्रबन्धक बद्री कटवालका अनुसार यो योजना मे ३१ सम्म कायम रहनेछ। नेपालमा जीएमइ रेमिटसँग आबद्ध २५,००० भन्दा बढी एजेन्ट छन्।