आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा निर्मल पुर्जाको नयाँ कीर्तिमान

बिजमाण्डू
२०८१ बैशाख ४ गते १९:२१ | Apr 16, 2024
आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणमा निर्मल पुर्जाको नयाँ कीर्तिमान

काठमाडौं। निर्मल पुर्जा ‘निम्स दाईले विश्वका आठ हजार मिटरभन्दा अग्ला शिखर आरोहणमा नयाँ कीर्तिमान बनाएका छन्। नेपाली नयाँ वर्षकै दिन उनले आठहजार मिटर अग्लो शिखरको ४४ पल्ट आरोहण गरेर कीर्तिमान बनाएका हुन्।

Tata
GBIME
Nepal Life

शनिबार १२.१५ बजे उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो कीर्तिमान बनाएका हुन्। ‘आठ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ, त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो,’ निम्स दाईले भने, ‘अब, आठ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’

निम्स दाईले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन्।