प्रभु बैंकका ग्राहक र कर्मचारीलाई स्काइ वाक टावरमा २ वर्षसम्म १० प्रतिशत छुट

बिजमाण्डू
२०८१ बैशाख ४ गते १५:०० | Apr 16, 2024
प्रभु बैंकका ग्राहक र कर्मचारीलाई स्काइ वाक टावरमा २ वर्षसम्म १० प्रतिशत छुट
प्रभु बैंक र वन्डर्स नेपालका प्रतिनिधि

काठमाडौं। प्रभु बैंकका ग्राहकले स्काइ वाक टावरको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट दिलाउनका लागि स्काइ वाक टावर सञ्चालक वन्डर्स नेपालसँग सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले सम्झौतामा हस्ताक्षर गरे। बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उसका ग्राहक र कर्मचारीले स्काइ वाक टावरमा २ वर्षसम्म १० प्रतिशत छुट पाउनेछन्।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले टिकट खरिद गर्दा डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्ने छ।

अपेक्षा गरेअनुसार मानिस नआएपछि वन्डर्स नेपालले एकपछि अर्को बैंकसँग ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता गरिरहेको छ।