चुनावी प्रचारका लागि इलाम पुगेका कांग्रेस नेता कोइरालाले किराँत धर्मगुरु लिङ्देनलाई किन भेटे?

बिजमाण्डू
२०८१ बैशाख ४ गते १४:४८ | Apr 16, 2024
चुनावी प्रचारका लागि इलाम पुगेका कांग्रेस नेता कोइरालाले किराँत धर्मगुरु लिङ्देनलाई किन भेटे?
डा. शेखर कोइराला किराँत धर्मगुरु आत्मनन्द लिङ्देनसँग

काठमाडौं। चुनावी प्रचारका लागि इलाम पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किराँत धर्मगुरु आत्मनन्द लिङ्देनसँग भेटघाट गरेका छन्।

Tata
GBIME
Nepal Life

उनले किराँत धर्मगुरु लिङ्देनलाई मंगलबार इलामको माङ्सेबुङ गाउँपालिकास्थित लारुम्बामा रहेको आश्रम पुगेर भेटेका हुन्। उनी आशिर्वाद लिन भनी आश्रम पुगेका थिए।

इलाम-२ मा जातीय र किराँत धर्म मान्नेहरुको भोट निर्णायक रहेका कारण कोइराला आफ्नो पार्टीका उम्मेदवार डम्बर खड्काको पक्षमा सहयोग जुटाउन धर्मगुरु लिङ्देनको आश्रम पुगेका हुन्।

२०७९ मंसिरमा भएको निर्वाचनमा खड्का एमाले नेता सुवास नेम्वाङसँग ११४ मतअन्तरले पराजित भएका थिए। नेम्वाङको गत भदौमा निधन भएका कारण यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा एमालेले नेम्वाङका छोरा सुहाङलाई प्रतिस्पर्धामा उतारेको छ।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोग्नु परिरहेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेको कोइरालाको सचिवालयले जनाएको छ।