फिलिपिन्समा बढ्दो ऊर्जा र पानीको माग, २० वटा भन्दा धेरै बाँध बनाउने तयारीमा सरकार

बिजमाण्डू
२०८१ बैशाख ४ गते १२:२१ | Apr 16, 2024
फिलिपिन्समा बढ्दो ऊर्जा र पानीको माग, २० वटा भन्दा धेरै बाँध बनाउने तयारीमा सरकार
Photo : Gulf news

फिलिपिन्स सरकारले पानी र बिजुलीको बढ्दो मागलाई परिपूर्ति गर्न २० वटा भन्दा बढी बाँध (ड्याम) बनाउने भएको छ। राष्ट्रपति फ्रेडिनान मार्कोस जुनियरले २० वटा मध्यम र करिब ५ वटा ठूला बाँध बनाउने बताएका हुन्।

Tata
GBIME
Nepal Life

हाल फिलिपिन्समा संचालनमा रहेका बाँधहरु धेरैजसो ५० वर्ष पुराना छन्। अहिले फिलिपिन्समा ७० भन्दा बढी जलविद्युत आयोजनाहरु संचालनमा रहेको छ। अब नयाँ र बहुउद्देश्यीय बाँध बनाउने सरकारको योजना छ। ठूला ड्यामको निर्माणबाट सिचाइँको प्रबन्ध हुनुका साथै बाढी नियन्त्रण, ऊर्जा उत्पादन र खानेपानीको पहुँच विस्तार गर्ने लक्ष्य सरकारको छ।

यस्तै, १०० मिटरभन्दा अग्ला बाँध पर्यटकीय गतिविधिका लागि पनि प्रयोग गर्न सकिने सम्भावना रहेको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

चारवटा ठूला बाँधको निर्माण सन् २०२८ सम्ममा पूरा हुने लक्ष्य सरकारले लिएको छ। जलविद्युत आयोजना निर्माणमा लगानी भित्र्याउन सरकारले कर्मचारीतन्त्रबाट हुने ढिलाईलाई हटाउने नीति लिएको छ। त्यसका लागि छिटो र सरल रुपमा निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन नियमहरु अबलम्बन गरिँदैछ।