अधिकांश बैंकमा बढुवाका लागि समयमै काम हुँदैन, ‘कर्मचारीको मूल्यांकन पनि भएन’

बिजमाण्डू
२०८१ बैशाख २ गते २१:०० | Apr 14, 2024
अधिकांश बैंकमा बढुवाका लागि समयमै काम हुँदैन, ‘कर्मचारीको मूल्यांकन पनि भएन’

काठमाडौं। बैंकका कर्मचारीको विषयमा नेपाल राष्ट्र बैंक नबोलेको भन्दै सामाजिक सञ्जालमा बैंकरहरुले गुनासो गरिरहेका हुन्छन्।

Tata
GBIME
Nepal Life

विभिन्न पेजहरूमा कतिले परिचय खोलेर त कतिले लुकाएर माथिल्लो व्यवस्थापनप्रति असन्तुष्टि राखिरहेका हुन्छन्।

नेपाल राष्ट्र बैंकले पनि आफ्नो पछिल्लो प्रतिवेदनमा कर्मचारीको विषयलाई उल्लेख गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा कर्मचारी नियमावलीको पालन नभएको उल्लेख गरेको छ।

अधिकांश बैंकले आफ्नो नीति अनुसार बढुवाका लागि समयमै पहल नगरेको प्रतिवेदनमा उल्लेख छ। साथै कर्मचारी कार्यसम्पादन मूल्यांकन पनि धेरै बैंकले समयमै नगरेको पनि प्रतिवेदनमा उल्लेख छ।