पर्सा प्रहरीले बरामद गर्‍यो भन्सार छलेर ल्याइएको २७ लाख रुपैयाँको कपडा र खुद्रा सामान

बिजमाण्डू
२०८० चैत्र २७ गते १६:०४ | Apr 9, 2024
पर्सा प्रहरीले बरामद गर्‍यो भन्सार छलेर ल्याइएको २७ लाख रुपैयाँको कपडा र खुद्रा सामान

काठमाडौं । पर्सा प्रहरीले २७ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने विभिन्न सामानहरु बरामद गरेको छ। भन्सार छलेर ल्याइएका २७ लाख ३७ हजार २५० रुपैयाँ बराबरको औषधी, कपडा तथा खुद्रा सामानहरू प्रहरीले नियन्त्रणमा लिएको हो।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बराम गरेको सामानहरु राजस्व अनुसन्धन कार्यालय र वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

चैत २६ गते वीरगंजको गण्डक चोकबाट ना.३ ख ४५०९ नम्बरको ट्रक खोजतलासी गर्दा प्रहरीले करिब २६ लाख ५० हजार मूल्य बराबरको कपडा र खुद्रा सामान फेला पारेको थियो। ती सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यस्तै, चैत २५ वीरगंजको रजतजयन्ती चोकबाट भन्सार छलरेर ल्याउँदै गरेको अवस्थामा करिब ७८ हजार  बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको थियो। ती सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्ररहीले जनाएको छ।