१२ वर्षपछि काठमाडौंमा रुद्रायणी देवगण, वसन्तपुरको नासल चोकमा नृत्य

समर्थ रञ्जित
२०८० चैत्र २५ गते १२:५१ | Apr 7, 2024
१२ वर्षपछि काठमाडौंमा रुद्रायणी देवगण, वसन्तपुरको नासल चोकमा नृत्य

काठमाडौं । गत बिहीबार खोकनाबाट हिँड्दै बागमती नदीको पुल तरेर रुद्रायणी देवगण काठमाडौं प्रवेश गरे। १२ वर्षे जात्राअन्तर्गत काठमाडौंको बसन्तपुरमा देवगणहरुले बिहीबार र शुक्रबार नृत्य प्रस्तुत गरेका थिए।

Tata
GBIME
Nepal Life

चैत २२ र २३ गते देवगणहरुले वसन्तपुरको नासल चोकमा नृत्य पेस गरेका थिए। हरेक १२ वर्षमा ललितपुरबाट देवगणहरु काठमाडौं आउने गर्छन्।

नासल चोक पछि अब त्रिशुल चोक र कालभैरव अगाडिको डबलीमा नृत्य प्रस्तुत हुनेछ। त्यसपछि देवगणहरु खोकना फर्किनेछन्।

१२ वर्षमा मात्रै देवगणहरु खोकना बाहिर आउँछन्। अन्य समय खोकनामा मात्रै नृत्य प्रस्तुत गरिन्छ।