आज नेपाली क्रिकेट टोलीले भारतको बरोडासँग प्रतिस्पर्धा गर्दै, लगातार दोस्रो जितको खोजी

बिजमाण्डू
२०८० चैत्र २० गते ११:४० | Apr 2, 2024
आज नेपाली क्रिकेट टोलीले भारतको बरोडासँग प्रतिस्पर्धा गर्दै, लगातार दोस्रो जितको खोजी

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज बरोडासँग प्रतिस्पर्धा गर्दैछ। भारतीमा त्रिपक्षिय फ्रेन्ड्सिप कप खेलिहेको नेपालले आफ्नो दोस्रो खेलमा बरोडासँग खेल्न लागेको हो। खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

Tata
GBIME
NLIC

सिरिजको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो। अर्कोतर्फ बरोडाले सोमबार गुजरातविरुद्ध खेलेको थियो। जसमा ५ विकेटको हार ब्यहोर्न पुगेको थियो।

‘स्टेट लेभल’ टोली गुजरात र बरोडा भारतीय घरेलु प्रतियोगिता रणजी कपका प्रभावशाली टोली हुन्। नेपालमा आयरल्याण्ड ‘ए’ सँग खेलेको क्रिकेट टोली टी-२० सिरिज खेलेर भारत गएको हो।

नेपाली टोलीले यो सिरिजलाई एसीसी प्रिमियर कप र टी-२० विश्वकपको तयारीका रुपमा लिएको छ। प्रिमियर कप यही महिनाको अन्त्यमा ओमनमा सुरु हुँदैछ। त्यस्तै टी-२० विश्वकप जुन महिनाको अन्तिम साता अमेरिका र वेस्टइण्डिजमा हुँदैछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सुन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द