
काठमाडौं। आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली। पहाडी र हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ होली पर्व मनाइदै छ।


उपत्यका लगायत देशभरी नै उल्लासमय तरिकाले होली पर्व मनाउने प्रचलन छ। काठमाडौंको वसन्तपुर क्षेत्रमा उल्लासमय वातावरणमा होली खेलिएको छ।

मेलमिलाप र सद्भावको सन्देश दिई आउने होलीमा परम्परागत रुपमा रङहरु खेलेर मनाउने चलन रहेको छ।









