मधेश, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त, राष्ट्रपति पौडेलले गराए शपथ

बिजमाण्डू
२०८० फागुन ३० गते १८:४१ | Mar 13, 2024
मधेश, गण्डकी र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त, राष्ट्रपति पौडेलले गराए शपथ
नवनियुक्त प्रदेश प्रमुखलाई शपथ गराइँदै। तस्वीर: राष्ट्रपतिको सचिवालय

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार मधेश, गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख नियुक्त गरेका हुन्।

Tata
GBIME
Nepal Life

मधेश प्रदेश प्रमुखमा झापाकी सुमित्रा सुवेदी भण्डारी, गण्डकीको प्रमुखमा कैलालीका डिल्लीराज भट्ट र सुदूरपश्चिमको प्रमुखमा अर्घाखाँचीका नजिर मियाँ नियुक्त भएका हुन्।

मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले यसअघिका प्रदेश प्रमुखलाई बर्खास्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो।

यसअघि मधेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरूङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए। उनीहरु नेपाली कांग्रेस समर्थित हुन्। राष्ट्रपति पौडेलले उनीहरुलाई बुधबार नै पदमुक्त गरेर भण्डारी, भट्ट र मियाँलाई नियुक्त गरेका हुन्।

नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपति पौडेलले बुधबार नै पद तथा गोपनियताको शपथ गराएका छन्।