सुपर खुदीले ६९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

बिजमाण्डू
२०८० माघ ११ गते १२:०१ | Jan 25, 2024
सुपर खुदीले ६९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। सुपर खुदी हाइड्रोपावरले ६९ लाख ७५ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

आइपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। हाइड्रोपावर र ग्लोबल आइएमई क्यापिटलबीच यस सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता पत्रमा हाइड्रोपावरका तर्फबाट वरिष्ठ आयोजना प्रबन्धक रवि कुमार गौतम र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका छन्।

हाइड्रोपावरले लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ स्थित खुदी नदीमा करिब ३ वर्षदेखि माथिल्लो खुदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजना २६ मेगावाट क्षमताको हो। कम्पनीको अधिकृत पूँजी १ अर्ब ७५ करोड र जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँ छ।