पाकिस्तानले गर्‍यो इरानमा जवाफी आक्रमण, आतंकवादीसहित सर्वसाधारण पनि मारिए

बिजमाण्डू
२०८० माघ ४ गते १२:४० | Jan 18, 2024
पाकिस्तानले गर्‍यो इरानमा जवाफी आक्रमण, आतंकवादीसहित सर्वसाधारण पनि मारिए
Photo : AFP / Getty Images

पाकिस्तानले इरानमा आक्रमण गरेको छ। मंगलबार इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा आक्रमण गरेपछि जवाफमा पकिस्तानले पनि इरानमा आक्रमण गरेको हो।

Tata
GBIME
Nepal Life

इरानमा ‘मार्ग बार सर्माचार’ अभियान संचालन गरिरहेका आतंकवादी संगठनलाई निशाना बनाएर आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। इरानले भने पाकिस्तानमा जैश अल अदल संगठनलाई निशाना बनाएर आक्रमण गरेको जनाएको थियो।

इरानको आक्रमणबाट दुई बालबालिका मारिएको भन्दै पाकिस्तानले त्यसको गम्भीर परिणाम देखिने चेतावनी दिएको थियो। पाकिस्तानले आफूले गरेको आक्रमणबाट केही आतंकवादीहरु मारिएको दाबी गरेको छ।

पाकिस्तानले इरानको सिस्तान-बलूचिस्तान प्रान्तमा कयौं मिसाइल प्रहार गरेको जनाइएको छ। यस्तै, सरावन शहरमा पनि आक्रमण गरिएको छ। ती आक्रमणमा १० जनाको मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। मारिनेमा बालबालिकासमेत छन्।

आफूलाई सर्माचार भनेर इरानमा आतंकवादी संगठन संचालन गरिरहेका व्यक्ति पाकिस्तान मूलका हुन्। त्यसबारेमा पाकिस्तानले पटकपटक इरानलाई आफ्नो सुरक्षा चुनौतीबारे अवगत गराएको थियो। सो संगठन सरकारको पहुँच नै नभएको क्षेत्रमा बसोबार गर्दै आइरहेका थिए। तर, इरानले आफूहरुको चिन्ता प्रति गम्भीर भएर नसोचेको र सर्माचारको विरुद्ध सूचनाको आधारमा आक्रमण गरिएको पाकिस्तानले जनाएको छ।