एनएसीका वरिष्ठ पाइलट ज्वारचन बने एयरबस ३२०को पहिलो नेपाली परीक्षक

बिजमाण्डू
२०८० पुष १७ गते १८:०८ | Jan 2, 2024
एनएसीका वरिष्ठ पाइलट ज्वारचन बने एयरबस ३२०को पहिलो नेपाली परीक्षक

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपु ज्वारचनले ‘क’ वर्गको परीक्षक पाइलट(डेजिगनेटेड चेक पाइलट)को लाइसेन्स पाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो पदका लागि ज्वारचनलाई योग्यपत्र दिएको हो।

Tata
GBIME
Nepal Life

अब उनले लाइन चेक/ रुट चेक, फ्लाइट चेक, टेक अफ चेक, क्याटगोरी २ र तीन अन्तर्गतको अप्रोच चेकको जिम्मेवारी सम्हाल्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।

‘नागरिक उड्डयन प्राधिकरणबाट न्यारोबडी जहाजका लागि डीसीपीको जिम्मेवारी पाउनेमा क्याप्टेन ज्वारचन पहिलो नेपाली हुनुहुन्छ। हामीले उहाँको योग्यताको आधारमा यो पदका लागि प्रमाणपत्र दिएका हौं,’ प्रवक्ता निरौलाले बिजमाण्डूसँग भने,’अब एयरबस ३२० मा कार्यरत पाइलटका लागि उहाँले परीक्षकको भुमिका निर्वाह गर्नुहुनेछ।’

सन् २००७ बाट नेपाल वायुसेवा निगमको ट्विन अटर जहाजमा को-पाइलटबाट उड्डयन सेवामा प्रवेश गरेका ज्वारचन हाल निगमको न्यारोबडी जहाज ‘एयरबस ३२०’ उडान गर्दै आएका छन्। उनले सन् २०१५ सम्म ट्विनअटर जहाज उडान गर्दै आएका थिए भने सन् २०१५ देखि हालसम्म उनी निगमको न्यारोबडी जहाज उडानमा आवद्ध छन्।

ज्वारचनले यसअघि निगमको अपरेशन डाइरेक्टरको जिम्मेवारी पनि सम्हालिसकेका छन्।