अर्थमन्त्री महतसँग महासंघको नेतृत्वमा भेट, होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

बिजमाण्डू
२०८० पुष ८ गते १८:३५ | Dec 24, 2023
अर्थमन्त्री महतसँग महासंघको नेतृत्वमा भेट, होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग
अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मागपत्र बुझाउँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल लगायत व्यवसायी

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग गरेको छ।

Tata
GBIME
Nepal Life

महासंघका उपाध्यक्ष हेमराज ढकाल, महासंघकै पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत ‘अजित’लगायत व्यवसायीले आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा वर्गीकरण गराउन माग गरेका हुन्।

औद्योगिक व्यवसाय ऐन २०७६ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको यो क्षेत्रई निकट भविष्यमा राष्ट्रिय प्राथमिकताप्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको महासंघले जनाएको छ।

भेटमा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, होटल व्यवसायी शशिकान्त अग्रवाल लगायत व्यवसायी पनि थिए। होटल व्यवसायले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकाले उद्योगको मान्यता दिनुपर्ने व्यवसायीहरुको माग छ।

महासंघले अन्तर्राष्ट्रिय चेन होटल व्यवस्थापनको रकमको दायरा बढाउन सरकारसँग आग्रह गरेको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा रहेको कुल बिक्रीको ५ प्रतिशतभन्दा बढी व्यवस्थापनमा खर्च गर्न नपाइने व्यवस्थाले मुलुकमा अन्तर्राष्ट्रिय चेनका होटल/रिसोर्ट सञ्चालन गर्न गाह्रो हुने व्यवसायीहरुको भनाइ छ।

यो व्यवस्थामा सुधारका लागि महासंघले यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि ध्यानाकर्षण गराएको थियो।

अर्थमन्त्री डा. महतले व्यवसायीका मागबारे अध्ययन गरेर निर्णय लिने जवाफ दिए।