
काठमाडौं। केबीएल सेक्युरिटिजले धितोपत्रको कारोबार शुभारम्भ गरेको छ। कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनीले सोमबार सेयर कारोबार सुरु गरेको हो।
कुमारी बैंकका सञ्चालक समिति अध्यक्ष अमिर प्रताप जबराले कारोबार शुभारम्भ गरे। त्यसबखत केबीएल सेक्युरिटिज र कुमारी बैंकका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, लगानीकर्तालगायत उपस्थित थिए।
केबीएल सेक्युरिटिज सेयर ब्रोकर नम्बर ९४ हो। सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए।